
बाढीपहिरोमा ज्यान जानेको संख्या ९० पुग्यो, २९ जना अझै बेपत्ता
काठमाडौं, २ साउन।
असारको अन्तिम साता आएको देशभरको वाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

बाढीपहिरोमा मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म ९० पुगे र २९ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । ४१ घाइतेमध्ये ११ जना उपचाररत छन् ।
अन्य उपचारपछि घर फर्किएका छन् । ३ हजार ३ सय ६६ भन्दा बढीको उद्धार गरिएको छ । तथ्यांक संकलन र राहत वितरण तीव्र रहेको मन्त्रालयले जनाएको छ ।
