प्रेस काउन्सिले साउन देखी पत्रिकाको पिडिएफ फाइल अनिवार्य गर्दै

प्रेस काउन्सिल नेपालले २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्ने भएको छ । अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी गर्नुपर्ने छ ।
अबउप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (Digital Copy) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुनेछ । अतः आ.व. २०७६/७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैलाई एक विज्ञप्ति मार्फ जानकारी गराइएको छ ।
अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers.presscouncilnepal.org मा क्लिकरलग अन गरेर सिष्टम भित्र गई पहिलो पटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration) गर्नुपर्दछ । यस कार्यको सहयोगको लागि काउन्सिलको वेबसाइटबाट प्रयोग गर्ने तरिका (User Guide) डाउनलोड गरी हेर्न सकिनेछ भने काउन्सिलको सचिवालयमा सहयोगको लागि खडा गरिएको सहयोग कक्ष (Help Desk) को टेलिफोन नं. : ४११२६७८, ४११२७९९
मोबाइल : ९८२३८२९२६३, ९८६०९८२३५८, ९८०८०२६६५२ मा सम्पर्क गरी सहायता लिन सकिने कुरा विज्ञप्प्तिमा उल्लेख छ । ।