एकताको काम सकियो, खाली ठाउँ भर्नमात्रै बाँकी छ – प्रचण्ड
काठमाडौं, ३१ असार ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकताको काम सकिएको र केही खाली ठाउँ भर्न मात्रै बाँकी रहेको बताउनुभएको छ ।
नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो घोषणा गर्नुभएको हो ।
‘हामी दुवै अध्यक्ष ९प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड० ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं ।’ केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म आधारभुत रुपमा सवै काम सकाउने बताउनु भयो ।
‘आज बेलुकासम्म कार्यबिभाजन, जेष्ठ, कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, बिशेष कमिटी, केन्द्रीय बिभाग टुंग्याउँछौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार, केन्द्रीय बिभाग, निकायको काम टुंगो लागिसकेको छ ।’ अध्यक्ष प्रचण्डका अनुसार आज टुंगो लगाएर केन्द्रीय सचिवालय बबैठकमार्फत अनुमोदन गरिने छ । सचिवालयको अनुमोदनपछि स्थायी कमिटी बैठकमा लगेर पुनः अनुमोदन गराइने छ । ‘सचिवालय, स्थायी समिति बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय कमिटी बैठक बसाएर एउटा अभियानसहित देशभरी जाने निर्णय हुन्छ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले केही महिनाभित्र पार्टी कमिटीहरुलाई र जनतासँगको सम्बन्धलाई सुदृढ गर्न अभियान चलाइने छ । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई असफल पार्ने प्रतिक्रियावादीको सवै अस्त्र असफल भएको र एकताले अव अन्तिम रुप लिएको घोषणा पनि गर्नुभयो ।