ट्रम्पले कम्युनिष्ट र समाजवादीलाई अपमान गरेपछि डा. बाबुरामले दिए यस्तो जवाफ

काठमाडौं, ३१ असार ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादी (कम्युनिस्ट)हरुलाई अमेरिका छाडेर जान चुनौती दिएपछि नेपालका पुर्व प्रधानमन्त्री तथा पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले कडा शव्दमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र साम्यवादी देश नहुने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामी कहिल्यै पनि एक समाजवादी र साम्यवादी राष्ट्र हुन सक्दैनौं, यदि तपाईंहरु यहाँ खुसी हुनुहुन्न भने जान सक्नुहुन्छ ! यो तपाईंको इच्छा हो, केवल तपाईं एक्लैको।’

ट्रम्पले केही व्यक्ति अमेरिका विरोधी भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरु इजरायलको पनि विरोधी रहेको र अलकायदाको समर्थक रहेको बताएका छन् ।

वामपन्थी प्रजातान्त्रिकहरुले खुला सीमाना चाहेको र त्यसबाट उनीहरुले लागू पदार्थको तस्करी, अपराध र मानव बेचबिखनजस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको पनि ट्रम्पले आरोप लगाएका छन् ।

अमेरिका अहिलेजस्तो बलियो कहिल्यै नरहेको उल्लेख गरेका ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, उच्च स्टक मार्केट र सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दाबी गरेका छन् ।

जवाफमा माअाेवादी छाडेर नयाँ शक्ति हुँदै समाजवादी दलमा लागेका डा भट्टराईले भनेका छन् एउटा प्रजातान्त्रिक र प्रगतिशील मूलूकको देशको राष्ट्रपति जस्तो व्यक्तिले यस्तो सोच कसरी राख्न सकेको होला ? यस्तो वक्तव्य दिने नेतृत्वले अमेरिकालाई कहाँ पुर्याउला , कहाँ जान खोज्दैछ अमेरिका ?