
बाढीपीडितलाई तत्काल राहत दिने मन्त्रिपरिषदकाे निर्णय
काठमाडौं, ३० असार –
सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषदले पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने निर्णय समेत लिएको छ ।
त्यस्तै मन्त्रिपरिषदले पुल भत्केका ठाउँमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ । राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको छ।
बिहीबारदेखि निरन्तरुपमा भएको वर्षाका कारण देशभरबाट अहिलेसम्म ५१ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ ।
