
सप्तकोसी बाँधका ४१ ढाेका खाेलियाे, घटेन पानीको सतह
काठमाडौं, २९ असार –
लगातार भारी बर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाब बढेकाले यहाँका ५६ वटा ढोकामध्ये ४१ वटा ढोका खुल्ला गरिएको छ ।

शनिबार साँझ सम्मको अपडेट अनुसार अहिले कोशीमा ३ लाख ३१ हजार २ सय २० क्युसेक पानीको बहाब पुगेको छ ।
सुनसरीका सहायक सिडिओ चिरञ्जीवि गिरीका अनुसार पानी नरोकिएका कारण बहाब बढेकाले सतर्क रहन सुझाव दिए । यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग, बन तथा बाताबरण मन्त्री जगदिश कुशियत लगायतले कोशी ब्यारेजको अनुगमन गरेका छन्।
