चार लाख घुससहित सुर्खेतका डिएफअाे पक्राउ

सुर्खेेेत, २८ असार-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो ।

आयोग कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले कार्यकक्षबाटै घुससहित नियन्त्रणमा लिएर मुचुल्का तयार गर्दै गरेको बताए ।