प्रहरी सञ्जिव राईमाथि प्रतिराेध कारवाही (विप्लव नेकपाकाे वक्तव्य)

काठमाडौं , २७ असार –

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफूहरुद्वारा प्रहरीको ‘प्रतिरोध’ गरिएको स्वीकार गरेको छ ।

सो पार्टीका सगरमाथा ब्युराे इन्जार्ज अधिकारद्वारा बुधबारको मितिमा जारी विज्ञप्तिमा आफ्ना कार्यकर्ताले ‘तिर्थराजका हत्यारा प्रहरी संजीव राईको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको सहादत भएको’ उल्लेख गरिएको छ । यसरी विद्रोही पार्टीका एक जिम्मेवार नेताले विज्ञप्ति नै जारी गरेर आफूहरुबाट प्रहरीमाथि सशस्त्र ‘प्रतिरोध’ गरिएको घोषणा गरिएपछि मुलुक फेरि घोषित रुपबाटै सशस्त्र मुठभेडको अर्को अध्यायमा प्रवेश गरेको छ ।

बुधबार बिहान भोजपुरमा भएको भिडन्तमा सो पार्टीको ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई ‘प्रशान्त’ र प्रहरी जवान संजीव राईको निधन भएको थियो । सो भिडन्तमा अर्का एक प्रहरी र विप्लव नेकपाका एक कर्यकर्ता घाइते भएका छन् ।- न्युजकाेसेलीबाट