जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी, १५ हजार युराे संकलन
बेल्जियम, ८ जुलाई –
नेपाल र नेपालीको विकास र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेको गैर अावासिय नेपाली संघ बेल्जियमले जाजरकोटमा अस्पताल निर्माणका सहयाेगार्थ बेल्जियममा एक च्यारिटी कार्यक्रम सम्पन्न गरेकाे छ ।
गैर आवासीय नेपाली सँघ बेल्जियमको ”एक देश एक परियोजना” कार्यक्रम अन्तर्गत नेपालको जाजरकोट जिल्लामा स्थित लहँ स्वास्थ्यचौकी भवन निमाणार्थ ७ जुलाई २०१९ मा लुभेनमा ”परोपकारी साँस्कृतिक साँझ” सम्पन्न गरिएको हाेे ।
बेनेलक्सका लागि महामहिम राजदूत लोक बहादुर थापाले प्रमुख अतिथीका रुपमा उदघाटन गर्नुभएको कार्यक्रमको सभापतित्व अध्यक्ष लोक प्रसाद दाहालले गर्नुभएको थियो ।
एनआरएन केन्द्रीय सदस्य पदम गुरुङको सँयोजकत्वमा आयोजित साँझमा सोफिया महर्जन कार्कीले नेतृत्व गर्नुभएको स्थानीय नयाँ पुस्ताका नेपाली कलाकारहरुले प्रस्तुति दिएका थिए ।
महासचिव आङमाया लामाले सँचालन र स्वागत बरिष्ठ उपाध्यक्ष कमल पन्थीले गरेको उदघाटन शत्रमा एनआरएन केन्द्रीय सचिव जानकी गुरुङ, यूरोप सँयोजक शिव बरुवाल, निवर्तमान केन्द्रीय सविच अर्जुन श्रेष्ठ, एनआरएन बेल्जियम निवर्तमान अध्यक्ष गँगाधर गौतम तथा बेल्जियमस्थित विविध बैचारिक तथा सामाजिक सँघसँस्थाका अध्यक्षहरु अतिथीका रुपमा सहभागी भै आर्थिक सहयोग समेत प्रदान गर्नुभएको छ
कार्यक्रममा समाजबादी पार्टीका नेत्र मगर, बोदराज पौडेल Onf बेल्जियम, नेपाली जनसम्पर्क समिति सह सम्योजक सुभाष गुरुङ, आदिवासी जनजाति महासंघ महासचिव नन्द राज घले, ब्यबसायी संघका यमु निराैला र कलाकार संघका बलराम पुनले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियाे ।
२० लाख नेपाली रुपयाँ सँकलन गर्ने लक्ष्य राखिएको सो साँझबाट करीव १५ हजार यूरो सँकलन भएको तथा आम्दानी र खर्च समेतको अन्तिम आर्थिक वासलात परियोजनाका सँयोजक पदम गुरुङमार्फत निकट भविष्यमै सार्वजनिक गरी एनआरएन केन्द्रको समन्वयमा लहँमा स्वास्थ्य चौकी भवन निर्माणका लागि हस्तान्तरण हुने दीपेन्द्र के.सी. (प्रवक्ता) ले जानकारी दिनुभएको छ ।
एनअारएनए बेल्जियमले यसअघि पनि बाढीपीडित, भुकम्प पीडित र विभिन्न समस्यामा परेका नेपालीलाई सहयाेग गर्दै अाइरहेकाे छ ।