५१ स्थानमा कात्तिकभित्रै उपनिर्वाचन गर्ने अायाेगकाे तयारी

काठमाडौं , १८ असार –

जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कात्तिक मसान्तभित्रै उपनिर्वाचन गराउने लक्ष्यसहित निर्वाचन आयोगले तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगले जनप्रतिनिधि रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन गराउनु पर्नेछ ।

त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकाले ती स्थान रिक्त रहेको खबर सुनील महर्जन नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।