प्रकाश दाहालको प्रशंसा गर्दै माधव नेपालले के भने ?

काठमाडौं, १७ असाार ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल बहुआयामीक व्यक्तित्व भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

प्रकाश दाहाल प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताउनु भएको हो । ‘प्रकाश दाहालको जीवनका पाटाबारे सबैलाई थाहा नहुन सक्छ । प्रकाशले अनुपम काम गरेका थिए, कदर गर्नु आवश्यक छ,’ नेता नेपालले भन्नुभयो, ‘सगरमाथा चढेर सफलता हासिल गर्नु कठिन काम थियो, योद्धालाई पनि साथमा लिएर सगरमाथा चढ्नु गाह्रो काम थियो ।’

नेपालले प्रकाशको प्रंशसामा भन्नुभयो, ‘कमरेड प्रचण्डका दाहिने हात नै थिए प्रकाश । साँच्चै भन्ने हो भने प्रचण्डको हात भाँचियो ।’ राजनीतिक र सामाजिक मात्र नभई प्राविधिक काममा पनि प्रकाश तिक्ष्ण दिमागका व्यक्ति भएको नेपालको टिप्पणी थियो ।

आफूले क्रान्तिक्रममा एउटा दुश्मनको घाँटी छिनाउन हिँडेको तर नसकेको स्मरण गर्दै नेता नेपाले भन्नुभयो ‘प्रकाशले बन्दुक चलाएको देख्दा अचम्म लाग्थ्यो, उनी कस्तो छिट्टै कुरा बुझ्थे,’ नेपालले भन्नुभयो, ‘मैले बन्दुक त बोकिनँ तर खुकुरी बोकेको थिएँ, एउटाको घाँटी छिनाउन खोजेको थिएँ कसरी सक्नु रु’
प्रकाशको गुण तथा खुबीलाई आत्मसात गर्दै अघि बढ्नु जरुरी रहेको नेपालको भनाइ थियो ।