
प्रकाश दाहालकाे स्मृतिमा साहसिक सगरमाथा सम्मान कार्यक्रम गरिँदै
काठमाडौं, १६ असार –
नेकपाका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालकाे स्मृतिमा सगरमाथा सम्मान कार्यक्रम अायाेजना हुँदैछ ।

प्रकाश दाहालकाे ३८ अाैं जन्मदिनकाे अवसर पारेर असार १७ गते राजधानी विशेष कार्यक्रम अायाेजना गरिएको प्रकाश दाहाल प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय सभामा १७ गते विहान ११:३०मा अायाेजना हुने कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डकाे प्रमुख सहभागिता रहनेछ ।
प्रतिष्ठानका संयाेजक विना मगरले प्रकाश दाहालले सगरमाथा अाराेहण गरेकाे सन्दर्भमा साहसिक सगरमाथा सम्मान समेत गरिने जानकारी दिनुभयाे ।
