संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।
विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै चकित पार्ने खालको छ ।

आज अर्थात जुन ३० तारिखमा निर्माण सम्पन्न भएको उक्त विमानस्थल संसारकै नमूना र ठूलो मध्येमा पर्दछ । आज निर्माण सम्पन्न भएता पनि यसको आधिकारीक रुपमा उद्घाटन भने सेप्टेम्बर ३० मा मात्रै गरिने चिनिया समाचार एजेन्सीले जनाएको छ ।


चीनले तीन वर्षमा निर्माण सम्पन्न गरेको दावी गरिएको यस विमानस्थलभित्र अत्याधुनिक सबै सुविधाहरु रहेको छ । यस विमानस्थलले सन २०२१ भित्र ४५ मिलियन यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । भने सन २०२५ भित्र ७२ मिलियन यात्रुलाई सेवा दिने बताइएको छ ।


बेइजिङ ड्याक्सीङ अन्तराष्ट्रिय विमानस्थल नाम दिइएको उक्त विमानस्थल विश्वकै सबैभन्दा ठूलो ट्रान्जीट हब बन्ने विश्वास चिनले लिएको छ । विमानस्थल भित्र उच्च गतिको रेल (हाइस्पिड रेल) नै सञ्चालन हुने बताइएको छ ।


उक्त विमानस्थल तियानमेन स्क्वायरबाट ४६ किमी, जियोगाङबाट ५५ कमिी र बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट ६७ किमीको दुरीमा रहेको छ ।