युवामाझ लाेकप्रिय गौली अष्ट्रेलिया एनआरएनमा आइसिसी उम्मेदवार

मेल्वर्न, १३ असार ।

गैर आवासिय संघ अष्ट्रेलियाको अधिवेशन नजिकींदै गर्दा उम्मेदवारहरुको चर्चा परिचर्चा पनि शुरु भइसकेको छ । जुलाइ ६ मा हुन गइरहेकाे निर्वाचनमा आइसिसी सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएका मध्ये निराजन गौली पनि एक हुन् ।

एनआरएनए भिक्टोरीयाको एसीसी मेम्बरको रुपमा २०१३ देखि २०१५ सम्म आबद्ध रहेका गौली नेपाली समुदाय मेल्वर्नमा परिचित व्यक्तित्व हुन् । त्यसैगरी एनआरएनए एनसीसीको मेम्बरको रुपमा २०१७ देखि अहिलेसम्म आबद्ध भइसकेका उनी यसपटकको उम्मेदवारी आईसीसीको कार्यदलमा बसेर कार्यपद्धती बुझ्न तथा समुदायको हितमा अझ वृहत रुपमा काम गर्नको लागि भएको बताउँछन् ।

अग्लो कद, मिजासिलो स्वभाव, समाजप्रति बफादार र तार्किक जवाफ बोकेका गौली आफ्नो पत्नी सहित तीन सन्तानका साथ विगत सात वर्षदेखि अष्ट्रेलियाको मेल्वर्नमा बस्दै आइरहेका छन् ।
नेपालको धादिङ स्थायी घर भएका गौली जुन समयदेखि अष्ट्रेलियामा रहदै आएका छन् त्यही समयदेखिनै एनआरएनए संस्थासँग प्रत्यक्षरुपमा आबद्ध पनि रहेका छन् । पेशाले सिभिल इन्जिनियर रहेका गौली अहिले लेट्रोब युनिभर्सिटीमा पार्ट टाइम पीएचडी पनि गरिरहेका छन् ।

जोशीला युवा तथा विज्ञ उनी आफ्नो अफिसको काम बाहेकको सबै समय मात्रै होइन मिलेसम्म सबै समय सामाजिक सेवामै लागिरहन्छन् । काउन्सिलमा काम गर्ने उनले दैनिकी विहानदेखि साँझसम्मको कर्मचारीको जस्तो भएपनि शनिबार र आईतबारको समय उनले समुदायलाई निस्वार्थ दिएका छन् ।

समाजप्रति योगदान दिदाँ उनको मन कहिल्यै थाक्दैन, उनको खुट्टा कहिल्यै लड्बलाउँदैन बरु उनको मन मस्तिष्क अझ उर्जाशील भएर आउने बताउँछन् । र यही कारणले विगतमा झैँ आउँदो दिनमा पनि एनआरएनए संस्था मार्फत समुदायलाई सेवा गर्ने अभिप्रायले यसवर्षपनि एनआरएनको चुनावमा जाने निर्णय उनले गरेका छन् । यसपाली उनले एनआरएनए आईसीसी मेम्बरमा आफ्नो उम्मेद्धारी दिएका छन् ।

उनको हालसम्म एनआरएनमा रहेको संलग्नताको बारेमा प्रश्न गर्ने शिलशिलामा तथा उनको आबद्धताको बारेमा केही शब्दहरु जनकारी लिने क्रममा थाहा भयो कि उनी यो समाजसेवाको मामिलामा धेरै नै पाइला चलाईसकेका रहेछन् ।

उनले कुनैपनि कामगर्दा त्यससम्बन्धित संस्था होस् वा वस्तु त्यसको बारेमा सतहदेखि बुझ्ने र सतहमै रहेर केही वर्ष काम गर्न चाहने बताउने गरेका छन् ।

उनले आफूलार्य नेपालीहरुले माया र सदभाव राख्ने बताउँदै आफ्नो विजय पक हुने विश्वास लिएको बताए । उनले आईसीसीको मेम्बर पद जितेर एनआरएलाई ग्लोबल तरिकाले बुझ्ने र सोही अनुसार एनआरएमा रहेर समाजलाई प्रगतिपथमा लैजान सहयोगीको भुमिका निर्वाह गर्ने बताउँछन् ।

विगतमा उनले समुदायमा गरेको कार्यहरु :
क) उनले एनआरएनए अष्ट्रेलिया अन्तर्गत बनेको Draught effected Farmer support initiative program को संयोजकको हैसियतले Walgett Shire Council NSWसंगको साझेदारीमा “Beat the Heat” कार्यक्रमलाई सात हजार डलर सहयोग गरी एनआरएनए अष्टे«लियालाई च्यारिटेबल अर्गनाईजेसनको रुपमा बिकास गर्न मद्दत गरेका थिए ।

ख) हाल उनी समुदायसंगै जोडिएर काम गर्ने सिलसिलाम अष्टे«लिया नेपाल पब्लीक लिङ्क (एएनपीएल) अध्यक्षको रुपमा कार्यरत छन् र यही संस्थाबाट २०१४ देखि understanding of Mental illness र Mental Health Australia बाट accredited Mental Health first Aid Training संचालन गर्दै आईरहेको छ । आज सम्म ८४ जनाले निशुल्क वा शुल्क टेनिङ्ग प्राप्त गरिसकेका छन् ।

त्यसैगरि Road Safety, Water Safety and Home and Car Safety with insurance information program भिक्टोरिया र मेल्बर्नको बिभिन्न शर्बबहरुमा रहेको नेपाली भाषा स्कुल संचालित संघ संस्थाहरुसंगको साझेदारीमा छ वटा शहरहरुमा सम्पन्न गरिसकेको छ ।

ग) बिगतमा नेपालमा भुकम्पको बेला होस वा बाढिले तराईलाई आक्रान्त पारेको बेला होस सबै समयमा उनले आफ्नो बुताले भ्याएसम्म दिन रात नभनि खट्ने काम गरेका रेका छन्

घ) एनआरएनए अष्ट्रेलियाको प्रोग्रामको रुपमा रहेको नेपाल फस्टिवल २०१४ मा Tourism and investment promotion workshop को मुख्य भुमिका सहित कार्यक्रममा उनले उद्घोषको काम गरेका थिए भने र गत सालमा स्टल म्यानेजमेन्टको संयोजक भएर काम गरेका थिए ।