
पाकिस्तान र न्युजिल्याण्डको भिडन्त : कसले मार्ला बाजी ?
काठमाडौं, ११ असार-
इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच भिषण भिडन्त हुँदैछ ।

पाकिस्तानलाई हराएको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेकाले पाकिस्तानलाई सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राख्न न्युजिल्यान्डलाई हराउदै पर्ने दबाब छ ।
पाकिस्तानलाई सेमिफाइनल पुग्न न्युजिल्यान्डसहित बाँकी सबै खेल जित्नुपर्नेछ । न्युजिल्यान्डविरुद्धको खेल दिउँसो ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा हुनेछ ।
जारी प्रतियोगितामा न्यूजिल्याण्ड अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जितेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।
