काँग्रेससँग सहकार्य र सहमति अावश्यक छ – प्रचण्ड

चितवन, ११ असार –

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य र सहमतिकाे अावश्यकतामा जाेड दिनुभएको छ ।

विभिन्न कार्यक्रममा चितवनमा व्यस्त प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न तथा मुलुककाे विकास र समृद्धिकाे लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएकाे हाे ।

‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मबीच लगातार छलफल भइरहेको छ । हामी एक्लै हिँड्न सक्ने अवस्थामा छैनौं, शान्ति प्रक्रिया मिलेर गर्‍यौं, संविधान मिलेर ल्यायौं, हामी एउटै डुंगामा यसरी चढेका छौं कि त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनु हो ।’