विप्लव नेकपाकाे बन्द : जनजिवन प्रभावित, बन्दकाे विकल्प के ?

काठमाडौं, १० असार –

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरको नेपाल बन्दका कारण आज जनजिवन प्रभावित छ । बन्द आह्वानका कारण काठमाडाैंलगायत देशभर बिहानैबाट सुनसान छ । मुख्य राजमार्ग राती १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सवारी साधान चलेका छैनन् ।

बिहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दुघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् ।

गत असार ५ गते सो पार्टीका भोजपुर इन्चार्ज कुमार पौडेलको प्रहरीले गरेको हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दका आह्वान गरेको हो । यो पूर्वघोषित कार्यक्रम हो । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् ।

त्यस्तै बझाङ र झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।

यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा पनि बम भेटिएको समाचार प्राप्त भएको छ ।