
हत्याकाण्ड भन्दै विप्लवले राखे १० गते नेपाल बन्द, के गर्ला सरकारले ?
काठमाडौं, ६ असार ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

प्रहरीले आफ्ना जिल्ला इन्चार्ज मारेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरी नेपाल बन्दको आयोजना गरेको हो ।
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उल्लेख भएअनुसार असार ७ गते प्रचार प्रसार,८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरेको छ।

