असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार ।
असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको छ ।


सोमबार अपरान्ह चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप कोटदेवलमा दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको सहायक सिडिओ रामबहादुर सार्कीले बताए।
उनले भने ‘प्रहरी घटनास्थलमा पुगेको छ। ९ जनाको मृत्यु र ४ जना घाइते भएको खबर आएको छ’, उनले उद्धारका लागि हेलिकप्टर बोलाइँदै गरेको बताए ।

दुर्घटनामा परेकाहरूको उद्धार भइराखेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। दुर्घटनाको अवस्थाबारे विस्तृत आइसकेको छैन।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको स्थानिय संचारमाध्यमले समेत बताएका छन् ।
दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।

प्रह्रीका अनुसार घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

वर्ष याम शुरु हुने वित्तिकै भएको दुर्घटनाले वर्षयाममा कति नेपालीले अकालमा ज्यान गुमाउनु पर्ने हो भन्ने आशंका व्इापत भएको छ ।

ग्रामीण भेगमा भर्खरै खुलेका धुले सडकहरु वर्षायाममा बानी पर्ने र सडक भत्कीने मात्रै होइन चिप्लीने समेत खतरा भएकाले ग्रामिण सडकहरु यथासम्भव छिटो पिच गर्नुपर्ने सररोकावालाहरु बताउँछन् ।