सिंहलाई इञ्जिनियरिङ्ग विभागको जिम्मेवारी
काठमाडाैं, २ असार –
काठमाडौैं–तराई द्रुत मार्ग आयोजनाका प्रमुख रहेका उपरथी योगेन्द्र खाँडलाई अवकास विदा बस्नु अघि नै सो पदबाट हटाइएको थियो । सैनिक स्रोतअनुसार हाल उक्त आयोजनाका प्रमुख रहेका सेनाका प्राविधिक उपरथी योगेन्द्र खाडलाई हटाएर महासेनानी शरदलाल श्रेष्ठलाई उक्त आयोजनाको जिम्मेवारी दिइएको छ ।
सहायक रथी कमाल सिंह प्रधानको उपरथीमा पदोन्नति भएपछि वरिष्ठ महासेनानी शरदलाल श्रेष्ठ सहायक रथीमा बढुवा हुनेछन् । सेनाको इन्जिनियर विभागको जिम्मेवारी वरिष्ठ सहायक रथी कमाल सिंह प्रधानलाई दिइएको छ । उपरथी खाड जेठ ३० गतेदेखि १५ दिने अवकास विदा बस्ने भएकाले सेनाको इन्जिनियर विभागको बुझबुझारथ २०७६ जेठ २९ गते सहायकरथी कमाल सिंह प्रधानले गरेका थिए ।
फास्ट ट्रयाकका आयोजना प्रमुख रहेका सेनाका प्राविधिक उपरथी योगेन्द्र खाडले २०७६ जेठ २० गते उक्त आयोजनाको बुझबुझारथ वरिष्ठ महासेनानी शरदलाल श्रेष्ठलाई गरेका थिए । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकोे द्रुत मार्गको जिम्मा सेनाले पाएको थियो ।
सेनाले द्रुत मार्गको काम तीव्ररुपमा अघि बढाउन चाहिरहेको भएतापनि रुख काट्ने काम बाहेक अन्य काममा खास प्रगति हुन सकेको छैन । सडक, सडक किनार, नालीको काम पा“च प्रतिशत पनि हुन सकेको छैन । क्याम्प तथा कार्यालय भवन निर्माण पनि खा“डको कार्यकालमा प्रगति हुन सकेन ।
सेनाको इन्जिनियर विभागले आयोजना कार्यालय नै खडा गरेर काठमाडौैं–तराई द्रुत मार्गको काम हेर्दै आएको छ । इन्जिनियर विभागका प्रमुख उपरथी खाडले राजनीतिक दवावमा उक्त आयोजनाको जिम्मा समेत आफैै लिएका थिए । उनीमाथि फास्टट्रयाकको काममा कमाण्ड गर्न नसकेको, आर्थिकरुपमा अपारदर्शी रहेको, कमिशन(पीसी)मा लिप्त रहेको र काममा ढिलाई गरेको आरोप लाग्दै आएको थियो ।
२०७६ जेठ १३ गते अवकास हुन गइरहेका उपरथी खाडले सेनाको इन्जिनियर विभागको बुझबुझारथ भने उनी २०७६ जेठ ३० गते १५ दिने अवकास विदा बस्नु एकदिन अघि जेठ २९ गते सहायक रथी कमाल सिंह प्रधानलाई गरेका थिए । उपरथी खाडको कामप्रति प्रधानसेनापति पूर्णचन्द्र थापा समेत असन्तुष्ट रह“दै आएको चर्चा थियो । अहिले आयोजनाको जिम्मेवारी खा“डभन्दा दुई तह तलका महासेनानी शरदलाल श्रेष्ठलाई दिइएको छ ।
सेनाले आयोजना समयभित्रै सक्ने दावी गरेपनि सरकारले डीपीआर समेत स्वीकृत नगरेकोलगायतका विभिन्न कारणले आयोजना निर्माण ढिलाई भइरहेको छ । द्रुत मार्गको काम सेनाको प्रतिष्ठासंग जोडिएकाले पनि कुनै पनि हालतमा समयमै पूरा गर्ने दावी सेनाले गर्दै आएको छ ।
नियम अनुसार अवकास हुनु १५ दिन अघिबाट विदामा बस्नुपर्ने भएकाले सेनाका प्राविधिक उपरथी खाड २०७६ जेठ ३० गतेबाट विदामा बसेका छन् । जर्नेल खाडको रिक्तपदमा सहायकरथी कमालसिंह प्रधानको उपरथीमा पदोन्नति भएपछि उक्त विभागको प्रमुख बन्नेछन् । शरदलालको स.र.मा पदोन्नति भएपछि प्रमुख सेनानी किरण श्रेष्ठ महासेनानीमा पदोन्नति हुने छन् भन्ने समाचार साँघु साप्ताहिकमा छ।