
सरल र शालिन नेता डिआार पौडेलको अन्तिम विदाई
काठमाडाैं, ३१ जेठ
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको आज जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो ।

५३ बर्षका पौडेलको आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो ।
उहाँको पार्थीव शरिरको आजै चितवनमा अन्त्यष्टि गरिएको छ । उहाँलाई अन्तिम श्रन्दान्जली दिन नेकपाका अध्यक्ष प्रचण्ड सहित वरिष्ट नेताहरु चितवन पुगेका थिए ।
नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा आोढाई अन्तिम श्रन्दान्जली दिनुभएको थियो । आज बसेको प्रतिनिधिसभाको बैठकले पुर्व शिक्षा मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । बैठकले उहाँको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।
