
ट्रिपरकाे ठक्करबाट पत्रकार नन्दु गेलाङकाे निधन
सुर्खेत, २९ जेठ –
सुर्खेतको भेरीगंगा नगरपालीका वडा नम्बर ८ को लोदेमा टिप्परको ठक्करबाट एक संचारकर्मीकाे ज्यान गएको छ ।

सुर्खेत पहिचान दैनीकका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका सह सचिव नन्दु गेलाङको घटना स्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरिक्षक बसत्त रजौरेले जानकारी दिए ।
रुकुम पश्चिमबाट सुर्खेत तर्फ आउदै गरेको बा ५ ख १६८३ नम्बरको टिप्परले विपरित दिशाबाट आईरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाईकलालई ठक्कर दिएकाे थियो । दुर्घटनामा गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
