
सुदुरपश्चिममा भिषण वर्षा, वाढि अाउन सक्ने, देशैभर सतर्क हुन अाग्रह
काठमाडौं , २९ जेठ – जेठ सकिनै लाग्दा अाएकाे हावाहुरी सहितकाे भिषण वर्षाले सुदुरपश्चिमकाे जनजिवन प्रभावित हुन पुगेकाे छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। आज पूर्व र मध्यभेगमा पनि पानी पर्ने सम्भावना छ। मध्य र पूर्वका केही स्थानमा क्षणिक मौसम र भारी वर्षाको सम्भावना छ।
यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ। बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो। काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।
