
ईपिएसमा अर्काकाे नाममा परीक्षा दिने ४७ पक्राउ : ४ हजार ३७ अनुपस्थित
काठमाडौं, २५ जेठ –
काेरिया जानकाे लागि छनाैट परीक्षामा अर्काकाे नाममा परीक्षा दिन गएका ४७ जना गिरफ्तार गरिएका छन् ।

अरुको नाममा परीक्षा दिन पुगेका ४७ जना पक्राउ परेका ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेका परिक्षार्थीले आउँदो तीन वर्षसम्म परीक्षा दिन नपाउने र प्रहरीले सार्वजनिक मुद्द्दा चलाउने उहाँले बताउनुभयो ।
४७ जनै ललितपुर र काठमाण्डौका परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् । भण्डारीले अरुको नाममा परीक्षा दिने काम नगर्न सबै परीक्षार्थीलाई आग्रह पनि गर्नुभएको छ । भोलि आइतबार पनि दुई सिफ्टमा परीक्षा हुने र परीक्षामा कसैले पनि यस्तो कार्य नगर्न उहाँको अनुरोध छ ।
यस्तै आज ४ हजार ३७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । आवेदन दिनेमध्ये आज शनिबार ४६ हजार १ सय ९६ जना परीक्षार्थी सहभागी हुनुपर्ने थियो ।
