
अरूलाई भुकम्पकाे त्रास देखाउने ज्याेतिष अाफैं प्रहरीको फन्दामा
काठमाडौं, २१ जेठ –
देशमा भुकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ ३६ वर्षीय अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले यूट्यूव भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
प्रहरीले उनलाई मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
