
मुस्लिम पर्व ईदुल्ल फित्रमा बुधबार सार्वजनिक विदा
काठमाडौं , २२ जेठ –
सरकारले बुधबार भोली सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले मंगलबार साँझ सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरी उक्त जानकारी गराएको हाे ।

गृहमन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईले मन्त्रिपरिषदको जेठ १० गतेको निर्णय अनुसार मुस्लिम धर्मालम्बिहरुको पर्व ईदुल्ल फित्रका दिन विदा लिने निर्णय गरेको बताएका छन् ।
सरकारले सार्वजनिक विदा कटाैति गर्ने विषयलाई कडाइका साथ लागू गर्न सकेको देखिँदैन ।
