
सानेपामा भएको सडक दुर्घटनामा पत्रकार नेता शर्मा सहित २ काे निधन
ललितपुर , १९ जेठ –
ललितपुरको सानेपास्थित रिङरोडमा आइतबार दिउँसो भएको सडक दुर्घटनामा पत्रकार नेता गाेविन्द शर्मासहित दुईको निधन भएको छ ।

अाइतबार साँढे ३ बजेतिर भयानक सडक दुर्घटना हुँदा प्परेस संगठन नेपालका अध्यक्ष तथा कृषि टेलिभिजनका पत्रकार शर्मासहित दुई जनाको ज्यान गएको हाे ।
स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७ वर्षीय चन्द्रमणि मुडभरीको निधन भएको हो । मुडवरिकाे घटनास्थलमै र शर्माकाे नर्भिक अस्पतालमा निधन भएको हाे ।
दुई वटा जिप र एक मोटरसाइकल एकापसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै निधन भएको हो भने अर्का एक जना गम्भीर घाइतेको उपचारका क्रममा निधन भएको हो ।
एकान्तकुनाबाट बल्खु जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको बा १२ च ५७७६ नम्बरको स्कारिपयो र बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमौरियाले जानकारी दिएका छन् ।
गोविन्द शर्मा किसान टेलिभिजनका पत्रकार हुन् । शर्मा मोटरसाइकलको पछाडि बसेका थिए । गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा निधन भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हाम्रो पनि हार्दिक श्रद्धाञ्जली !
