
दक्षिणी सुडानमा हिंसात्मक झडप: २२ काे मृत्युु
काठमाडौं , १७ जेठ ।
जातीय हिंसा टाउको दुखाइको विषय बन्दै गएको दक्षिणी सुडानमा दुई युवा समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा बिहीबार यो घटना भएको हो ।

जातीय हिंसा यहाँ पटकपटक हुने गरेको छ र यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् । गत मंगलबार भएको झडपमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । अरु १८ जना घाइते भएकाेे छ ।
