
विस्फोटमा मारिने चारै जना शहीद घाेषणा, सत्य तथ्य बाहिर ल्याउँछाैं- विप्लव
काठमाडाैं, १४ जेठ ।
राजधानी काठमाडौंमा भएका शृंखलावद्ध बम विस्फोटमा मारिने चारै जनाबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अधिकारीक धारणा सार्वजनीक गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै विप्लवले मृत्यु भएका व्यक्ति आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ ।
पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरे । उनले सबैलाइ शहीद घाेषणा गरेका छन् ।
विज्ञप्तिमा ‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमाण्डर’ भन्दै क्रमशः महान, दीपेन्द्र, प्रज्वल र निरन्तरले शहादत पाएको लेखिएको छ ।
विप्लव समूहले घटना कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने बताएको छ । तर यसको मुख्य दोषी सरकारको फासीवादी दमन भएको बताएको छ ।
उनकाे विज्ञप्ती –

