
सञ्चालनमा अायाे खासाकाे नाका
काठमाडौं, १४ जेठ-
नेपालकाे उत्तरी छिमेकी देश चिनसँग जाेड्ने तातोपानी खासा नाका अाजदेखी सञ्चालनमा अाएकाे छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।
