समाजवादतिर जाँदैछाैं, बम गाेलाकाे जरुरी छैन – बस्नेत

काठमाडौं , १४ जेठ –

विद्यार्थी नेता सुरेन्द्र बस्नेतले अहिले विप्लव नेतृत्वको नेकपाले चलाएकाे बम अातंक अावश्यक नरहेकाे बताएका छन् ।

पुर्व नेेेेकपा माअाेवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रहेका विद्यार्थी नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा साे धारणा राखेका हुन् ।

वेपत्ता विद्यार्थी नेता धिरेन्द्र वस्नेत र पुस्प वस्नेतका दाइ समेत रहेका उनले हिजाेकाे जनयुद्धको समय र अहिले धेरै फरक रहेकाे भन्दै विप्लव नेकपालाई तत्काल हिंसात्मक बाटाे छाडेर वार्ता र संवादमार्फत समस्याको समाधान खाेज्न अपील पनि गरेका छन् ।

उनले संविधानमा नै समाजवाद उन्मुख मुलुक हुने उल्लेख गरिसकिएकाले अबकाे कार्यभार त्यतातर्फ जानू रहेकाले बम गाेला र बारूदकाे अावश्यकता नरहेकाे स्पष्ट पारेका छन् । उनलेे भनेका छन् “यही संविधानभित्रै वसेर जनताका आकांक्षा फलाउन र फुलाउन सकिन्छ ।”

उनले लेखेका छन् –

“हिजो र आज उस्तै छैन । विल्कुलै छैन । आज मुलुकमा राजतन्त्र हैन , गणतन्त्र छ । एकात्मक हैन , संघात्मक शासन छ । धर्म सापेक्ष हैन, धर्म निरपेक्ष ब्यवस्था छ । असमावेशी हैन, समावेशी र समानुपातिक प्रणाली छ । संविधानसभावाट नेपाली जनताले आफैं संविधान जारी गरेका छन् । जहां शिक्षा ,स्वास्थ्य र रोजगारीलाई मौलिक हक वनाइएको छ ।संविधानमा नै समाजवादउन्मुख वाटो देखाइएको छ । संविधानमा राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक कुनै पनि धारा अपरिवर्तनीय छैनन् । त्यसैले अहिले वम, गोला , वारुदको कुनै जरुरी छैन । यही संविधानभित्रै वसेर जनताका आकांक्षा फलाउन र फुलाउन सकिन्छ ।”