पत्रकार संगिता खड्काकाे युद्धका ती दिन पुस्तक अाज सार्वजनिक गरिँदै
काठमाडौं, १३ जेठ –
जनयुद्धको कष्टसाध्य अनुभूति संगालिएकाे पत्रकार संगीता खड्काद्वारा लिखित पुस्तक युद्वका ती दिनहरू अाज सार्वजनिक हुँदैछ ।
नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाज साेमबार राजधानीकाे प्रज्ञा भवनमा अपरान्ह २ बजे पुस्तककाे लाेकार्पण गर्ने लेखक खड्काले बताएकी छिन् ।
प्रेस काउन्सिलकि सदस्य रहेकी खड्काले जनयुद्धको क्रममा पत्रकारिता गर्दा भाेगेकाे दु:ख कष्ट, जेल नेल, हिरासत र यातनाका कथाहरू सहित जनादेश प्रकाशन, रेडियो जनगणतन्त्रकाे प्रसारण र पुर्व देखि गण्डक तथा पश्चिम नेपालमा संगालेकाे अनुभुतीलाई चार खण्ड बनाएर पुस्तकमा प्रकाशित गरेकी छन् ।
सांग्रिला बुक्सले प्रकाशनमा ल्याएकाे पुस्तकमाथि पत्रकार सुधिर शर्मा, किशाेर श्रेष्ठ, निर्मला शर्मा, झलक सुवेदी र गाेविन्द अाचार्यले टिप्पणी गर्ने खड्काले बताइन् ।