विप्लव बन्द प्रभाव : काठमाडौंमा अांशिक, बाहिर पुरै ठप्प

काठमाण्डौ, १३ जेठ –

अाफ्ना कार्यकर्ता तिर्थ घिमिरेकाे भाेजपुरमा गाेली हानी हत्या गरेकाेे विराेधमा विप्लव नेतृत्वको नेकपाले अायाेजना गरेकाे नेपाल बन्दले देशभरकाे जनजीवन प्रभावित बनेकाे छ ।

उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् ।

नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दका कारण काठमाण्डौभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका हुन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ ।

यस्तै धेरैजसो स्कुल तथा कलेज पनि बन्द भएका छन् । निजी विद्यालयहरूले सनर्वजनिक सुचना नै गरेर बन्दकाे जानकारी गराएका छन् भने अन्य व्यापारिक प्रतिष्ठानहरू खुलेका छैनन् ।

पाेखरा, हेटाैंडा, दाङ, नेपालगन्ज, विराटनगर लगायतका मुख्य शहरहरूमा यातायातका साधन चलेका छैनन् । हेटाैडामा विहानै दुईवटा ट्रकमा अागजनी, भक्तपुरका विभिन्न स्थानमा कुकर बम फेला पर्नुका साथै पाेखरामा एनसेल अगाडि विहान ८ बजे बम पड्किएपछि विहान खुल्न थालेका यातायात र बजार बन्द भएका छन् ।