नेपालमा रेल चर्चा : चिनियाँ राजदुत भन्छिन् – सजिलाे छैन

काठमाडौं , १० जेठ –

चीनबाट हिमाल छेडेर नेपालसम्म रेल ल्याउन सजिलो छैन । तर, काठमाडौंमा भने आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ ।

केरुङ–काठमाडौं रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।

चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्– ‘यस्तो भूगोल छ, चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैंमा जटिल कुरा हो । यहाँ भइरहेको बहस सुनेर म पनि अचम्मित छु ।’

अाजका पत्रिकाहरूमा खबर छ – राजदूतका रुपमा जिम्मेवारी लिएर नेपाल आएपछि यो नै उनको पहिलो पत्रकार सम्मेलन हो । राजदूत यान्छीले भनिन्– ‘रेललाई हल्का रुपमा हेरिएको छ, वास्तवमा भन्नुपर्दा संसारकै अप्ठ्यारो ठाउँमा रेल निर्माण गर्ने प्रसंग यतिबेला अघि बढेको छ ।’