ओखलढुुंगामा राष्ट्रपति अाउँदै, बेहुली झैं सिंगारियाे सदरमुकाम

काठमाडौ, ९ जेठ ।

युगकवि सिद्दिचरण श्रेष्ठको १०८ अौं जन्मजयन्तिका अबसरमा ओखलढुंगा सदरमुकाम तथा सिद्दिचरण नगरपालिकामा बनिरहेको युगकविको पुर्ण कदको शालिक तथा स्रष्टा पार्क अनावरण तथा उद्घाटन कार्यक्रम यहि २०७६ साल जेष्ठ ९ गते बिहीबार राष्ट्रिपति बिधा देवि भण्डारीबाट हुन गैरहेको छ।


सम्माननिय राष्ट्रपति ओखलढुंगा आउनु हुने भएपछि अहिले शालिक तथा स्रष्टा पार्क मात्र नभर ओखलढुंगा सदरमुकाम नै बेहुली झै सिंगारिएको छ। सदरमुकाममा ब्यापक सरसफाइ गर्ने देखि लिएर निर्माणधिन कामहरू समेत रातरात सम्पन्न भैरहेका छन् । सडकमा भएको खाल्टा खुल्टी पुरपरार पार्ने काम देखि लिएर सडकमा पर्ने अब्यबस्थित पसल ,पार्किंग समेत हटाईएकाे छ।
राष्ट्रपतिको ओखलढुंगा अागमन र शालिक अनावरण तथा स्रष्टापार्क उद्घाटनलाई सिद्दिचरण नगरपालिकालेले ठुलो अबसरको रुपमा लिएको छ। यस नगरपालिकालाई समृद्ध बनाउन र पर्यटन प्रबर्द्धन गर्न ठुलो टेवा पुग्ने अपेक्षा समेत गरेको छ। त्यसैले यस कार्यक्रम सफल पार्न सदरमुकाममा रहेका सम्पूर्ण सरकारि तथा गैरसरकारी कार्यलयहरू,सुरक्षा निकाय ,स्थानिय निकाय ,स्थानीय नगरिक समाज र पत्रकार सबै सक्रिय बनाएको नगरपालिकाका मेयर श्रि मोहोन कुमार श्रेष्ठले पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ।


सिद्दिचरण पार्क तथा संग्रहालय अार्थिक अभावका कारण अझै पुर्ण नभैसकेको सम्माननिय राष्ट्रपतिको अागमनले अब पुर्णता पाउनेमा अाशावादी रहेको कुरा संग्रहालय निर्माण कमिटीका उपाध्यक्ष श्रि रूपेश शाक्यले बताउनु भयो । साथै पार्क अहिले ६ अाना जग्गामा साघुरो रहेकोमा त्यस वरपर रहेका प्रति सार्वजनिक जग्गा समेत मिलाएर ठुलो बनाउन राष्ट्रपति ज्यु संग प्रस्ताव गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल ,प्रदेश १ का मुख मन्त्री शेरधन राई लगाएतका विशिष्ट ब्यक्तित्वहरू अाउने त्यसैगरि कार्यक्रममा सहभागी हुन वरिष्ठ साहित्यकार प्राज्ञ बैरागी काईला ,एम पि लोहनी ,प्रा .डा .गाग्री शर्मा ,नरेशविर शाक्य ,वरिष्ठ गितकार राजेन्द्र थापा लगात अाउनु हुने भएको छ। कार्यक्रममा युगकविको १०८ अौं जन्मत्स्ब पारेर साहित्यिक रचना बाचन गोष्ठी समेत गरिने जनाएको छ।