
लमजुङमा एकैरात दुइवटा भुकम्प, जनजीवन त्रसित
लमजुङ, ८ जेठ –
लमजुङमा गएराती दुईवटा भुकम्पकाे धक्का महशुस गरिएको छ । जिल्लाकाे सदरमुकाम बेशिसहर अासपास केन्द्र भएर भुकम्प गएपछि रातभर जनजीवन त्रसित बनेकाे थियाे ।

राती ११ बजेर ४७ मिनेटमा बेशिसहर नगरपालिका वडा नं ३ गाउँशहरकाे लमजुङ कालिका मन्दिर मुनि केन्द्र भएर ४.१ रेक्टर स्केलकाे भुकम्प गएको थियाे । पछि फेरि साेही स्थान केन्द्र बनाउँदै बिहान ३:२८ मा पुन ३.९ रेक्टरसेलको भूकम्प गएको छ ।
एकै रातमा दुईवटा भुकम्पकाे धक्का अाएपछि लमजुङ जिल्लामा त्रासकाे वातावरण बनेकाे छ तर भुकम्पले हालसम्म मानविय क्षति भएको समाचार नअाएकाे र अन्य क्षतिकाे विवरण पनि प्राप्त नभएकाे प्रहरीले जनाएको छ ।
राती ११:४७ मा गएको ४.१ को केन्द्रबिन्दु बेसीसहर नपा ३, गाउसहर दरबार मुनीको केन्द्र नै अहिले बिहान गएको भूकम्पको केन्द्रबिन्दु रहेको भूकम्प मापन केन्द्रले जनाएको हाे ।
