एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ –

नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले सद्स्यता बितरण अभियान सुरु गरेको छ ।

संसारभरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटाबेसमा पन्जिक्रित गरी हरेक सदस्यको ज्ञान, शिप, पेशा ब्यवसायलाई पनि सुचिक्रित गर्ने र देशहितका लागि आबस्यक जनशक्तीको तथ्याँक राख्ने उद्द्यस्यले सदस्यता वितरण थालिएकाे संघका अध्यक्ष लाेक दाहालले बताउनुभयाे ।

संघको केन्द्रीय नीति अन्तरगत बितरण गर्न लागिएको यो पटकको सदस्यता बिदेशमा बस्ने नेपाली र नेपाली मुलका हरेक ब्यक्तिका लागी बिशेष महत्वको हुने उहाँको दावी छ ।

नेपाल सरकारले नेपालकाे सम्बिधान अनुसार प्रदान गर्ने गैरआबासीय नेपाली नागरिकता प्राप्त गर्न संघको सदस्य हुनु पर्ने ब्यबस्था गरेकोले अहिले स्वतस्फुर्त सदस्य बन्न अनलाईन आबेदन गर्नेकाे सङ्ख्या बढेको छ ।

आबेदन खुला गरिए पछी हालसम्म करिब पाँच सय सदस्य बनिसकेको र अन्य थुप्रैले अनलाईन आबेदन गर्ने बारे जानकारी मागीरहेको सदस्यता बितरण समितिका संयोजक खड्क केसीले बताउनु भएको छ ।

अनलाईन सदस्य बन्ने प्रकृया केही झन्झटिलो भएको गुनासो आएकोले सहजिकरण गर्नको लागि एन्तवेरपेन, लुभेन, ब्रुसेल , घेन्ट ब्रुग्गे ओस्टेन्डे क्षेत्रमा सदस्यता क्याम्पेनिङ गर्ने तयारी भैरहेको एनअारएनए बेल्जियमका अध्यक्ष दाहालले जानकारी गराउनु भयाे ।

गैर आबासीय नागरिकता लिन निबेदन दिदा आफु बसेको देशको एनआरएन कार्ड चाहिने र तत्काल कार्ड बनाउन सम्भब नहुने हुँदा सबैलाई अधिबेशन अगाडिनै सदस्यता लिईदिन संघले अनुरोध गरेको छ । यस अभियानले बेल्जियममा रहेका नेपालीहरूबीच अझ गाढा सम्बन मा स्त्रैथापित हुने मात्रै हाेइन नेपालमा रहेका नेपालीलाई समेत उपलव्धिमूलक सावित हुने बताईएकाे छ ।