
केशव घिमिरेको लोकदोहोरी ‘हाँसेकै सुहाउँछ’ बजारमा
काठमाडौं-
लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले लोकदोहोरी गित हासेकै सुहाउछ बजारमा ल्याएका छन।

चन्दन म्युजिक प्रालि उत्पादक तथा बितरक रहेको सो गितमा केशब घिमिरेकै शब्द ,लय तथा स्वर रहेको छ भने पुर्ण कला बिसिले स्वरमा साथ दिएकी छ्न् ।
दुर्गा पौडेलको छायांकन, शिव परियारको निर्देशन, नवीन घर्ती मगरको सम्पादन, एडभेन्चर इन्टरटेनमेन्ट को दृश्य निर्माण रहेको गितलाइ च्यानलमार्फत हेर्न सकिने छ भने गितमा दिपक पोखरेल र मुना थापाको उत्कृष्ट नृत्य तथा अभियान देख्न सकिने छ।
पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन् भने बिगत १६/१७ बर्ष देखि पोखरामै बसेर साङगीतिक क्षेत्रमा निरन्तर लागिरहेका छन। १ सय ५० भन्दा बढी गीत बजारमा ल्याइसकेका घिमिरेका अन्य गितहरुले जस्तै यो गित हाँसेकै सुहाउँछ ले पनि सफलता पाओस् हाम्रो हार्दिक शुभकामना ।
