स्वदेश फर्कँदै प्रधानमन्त्रीले भने- काँग्रेस साँसदका अमर्यादित शब्द हटाईएकाे हाे, मेराे हाेईन

काठमाडौं , २ जेठ –

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्।

विमानस्थलमा सम्वाेधन गर्दै प्रधानमन्त्री अाेली

आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनैै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।’

उनले थपे, ‘बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि आँच पु¥याउनु हुँदैन।’

सभामुख कृष्णबहादुर महराले पनि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले जबाफ दिने क्रममा कांग्रेसका सांसदहरूले प्रयोग गरेका असंसदीय शब्द रेकर्डबाट हटाइएको व्याख्या गरेका छन्। यसअघि उनले प्रधानमन्त्रीले जबाफ दिने क्रममा गैरसंसदीय शब्द प्रयोग भएको भन्दै रेकर्डबाट हटाउन लगाएका थिए।

प्रधानमन्त्रीले फर्कने क्रममा सभामुखमाथि आक्रोश पोख्ने अनुमान थियो। तर, उनले महराको बचाउ गरे। उनको ‘निम्छरो’ शब्दप्रति कांग्रेस सांसदहरूको आपत्ति थियो। प्रधानमन्त्री ओलीले विगतमा सामन्ती संस्थाको मर्यादा राख्नुपर्छ भन्नेहरूले लोकतान्त्रिक संस्थाको अपमान गर्न थालेको आरोप लगाए। ‘लगातार सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरूले लोकतन्त्रका आधारभूत संस्थाहरुको अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति देखापरेको छ,’ ओलीले भने, ‘गणतन्त्रका सर्वोच्च संस्थामाथिको आक्रमण गणतन्त्रमाथिकै आक्रमण हो।’ याे समाचार अन्नपूर्ण पाेष्टबाट लिइएको हाे ।