लमजुङका शिक्षक मनाेज अमेरिकाकाे मेरिल्याण्डमा उम्मेदवार

काठमाडौं , २९ बैसाख –

अमेरिकाको मेरिल्याण्डमा गैर अावासिय नेपाली संघकाे निर्वाचनमा लमजुङका पुर्व शिक्षक मनाेज रेग्मी उम्मेदवार बनेका छन् ।

एनअारएनए मेरिल्याण्ड च्याप्टरकाे सचिव पदमा उम्मेदवारी दिएका मनाेज समाजसेवि भावना र विचारले अाेतप्राेत छन् । उनी महेन्द्र देसारकाे नेतृत्वको प्यानलमा सचिवकाे उम्मेद्वार बनेका हुन् ।

लमजुङको दाेर्दी गा पा २ मा रहेकाे लक्ष्मी नारायण माविकाे उत्कृष्ट शिक्षकसहित लामाे शिक्षण अनुभव संगालेका रेग्मीले नेपालमा रहदाको १३ बर्ष भन्दा बढीको अध्यापन र त्यस सग समन्धित समुदायसगको अन्तरक्रियात्मक समन्धको अनुभव र बिगत ४ बर्ष देखि बाल्टिमोरमा रही नेपाली समाज र तेस सग समन्धित विभिन्न गतिबिधिमा (लम्जुङ्ग अमेरिका सेवा समाज) सग सक्रियता र महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन् ।

लमजुङको सुन्दरबजार घर भएका रेग्मीले अाफू मेरिल्याण्ड र सम्पूर्ण अमेरिकामा रहेका नेपालीकाे हक हित र अधिकार एवम् नेपालकाे विकासमा काम गर्ने प्रतिवद्वता जनाएका छन् । उनलेे अाफू सहित देसारकाे प्यानललाई विजयी गराउन अपील गरेका छन् ।

उनले गरेकाे अपील –

नमस्कार
म मनोज रेग्मी , NRNA Maryland chapter (2019 -21) सचिवको उमेदवार,
नेपालमा रहदाको १३ बर्ष भन्दा बढीको अध्यापन र त्यस सग समन्धित समुदायसगको अन्तरक्रियात्मक समन्धको अनुभव र बिगत ४ बर्ष देखि बाल्टिमोरमा रही नेपाली समाज र तेस सग समन्धित विभिन्न गतिबिधिमा (लम्जुङ्ग अमेरिका सेवा समाज सगको सक्रियता , BANA ले सुरु गर्न लागेको नेपाली भाषा कक्षाको शिक्षक ) सक्रिय रुपमा सहभागी हुँदै अहिले NRNA maryland chapter (2019 – 21) को लागि हाम्रो तर्फ़बाट अध्यक्षका उमेदवार महेन्द्र देशारको नेतृत्वमा म मनोज रेग्मी सचिबमा यहाँहरुकै सल्लाह र सुझाब अनुसार “मेरिल्याण्ड निबासी सम्पूर्ण नेपालीहरुको चाहना सबल र सक्षम नेतृत्वको कामना” भन्ने मूल नाराको साथ तपाईहरु सामु उपस्थित भएका छौ /

आशा छ हाम्रो युवाहरुको यो सशक्त समुहलाई हजुरहरु को साथ अवस्य मिल्नेछ / यहाँहरुको साथ हौसला अनि रचनात्मक सल्लाह सुझावले नै म र मेरो टिमलाई अगाडी बढ्न सघाउ पुग्नेछ /