
उपेन्द्रसँग एकता गर्दै बाबुरामले भने–अझै ध्रुविकरणको आवश्यकता छ
काठमाडौं, २३ बैसाख ।
नयाँ शक्ति नेपालका संयोजक तथा नवगठीत समाजवादी पार्टी नेपालका प्रथम अध्यक्ष डा. बाबुराम भट्टराईले मधेशी जनअधिकार फोरमसँग एकता घोष्णा गर्दै थप राजनैतिक ध्रुविकरणको आवश्यकतामा जोड दिएका छन् ।

पुराना र ठूला राजनीतिक दलहरुको आलोचना गर्दै र राजनीतक दल पत्यिाग गर्दै नयाँ शक्ति निर्माणको अभियान चालेका पुर्व माओवादी नेता तथा पुर्व प्रधानमन्त्री भट्टराईले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।
सभामा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ ।
संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।
समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १० प्लस ं१ प्रदेश बनाउनुपर्ने बताएको छ ।
