
राष्ट्रिय सभाका अध्यक्षले के दिए स्पष्टिकरण ?
काठमाडौं, २३ बैसाख ।
स्वकिय सचिवालयका चार जना सदस्यको तलब आफैंले खाएको भन्दै आरोपीत बनेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको सचिवालयले आज स्पष्टिकरण दिएको छ ।

सचिवालयका तर्फबाट प्रेस विज्ञ अशोक पौडेलले एक विज्ञप्ति जारी गर्दै संसदको पदाधिकारी र कर्मचारी नियमावली २०७३ अनुसार नै अध्यक्षको सचिवालयले तलब लिने गरेको स्पष्ट पारेका छन् ।
उनले हलुका सवारी चालकको नागरिकता नभएको तथा अन्यको हकमा बैंक खाता नभएकाले गर्दा उनीहरुको तलब अध्यक्षजूले लिएर दिने गरिएको बताएका छन् ।
उनले तथ्यलाई बंग्याएकाे भन्दै पत्रपत्रिका, अनलाईन र मिडियामाथि रोष प्रकट गरेका छन् ।
हेर्नुहोस विज्ञप्ती

