सेनापतिकाे अर्को एक्सन : पहिलाेपटक शैक्षिक प्रमाणपत्र छानविन शुरू. सेनापतिकाे अर्को एक्सन: पहिलाेपटक शैक्षिक प्रमाणपत्र छानविन शुरू. काठमाडौं, २२ बैसाख –. नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी–एसईई प्रमाणपत्र छानबिन भइरहेको छ ।. यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने जंगी अड्डाको तयारी छ । छानबिनका लागि जंगी अड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ ।. पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ । जंगी अड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाइएको यो नै पहिलो पटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्र सहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकै पटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेका छन् ।. सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरक–फरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकका प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् ।. उनले भने– ‘कहिले जवान आफैं आउँछन्, कहिले एकै जनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’ यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।.
नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी–एसईई प्रमाणपत्र छानबिन भइरहेको छ ।
यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने जंगी अड्डाको तयारी छ । छानबिनका लागि जंगी अड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ ।
पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ । जंगी अड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाइएको यो नै पहिलो पटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्र सहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकै पटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेका छन् ।
सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरक–फरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकका प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् ।
उनले भने– ‘कहिले जवान आफैं आउँछन्, कहिले एकै जनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’ यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।