
हुने नै भयाे नयाँ शक्ति र फाेरमकाे एकता : बन्ने भयाे समाजवादी नेपाल पार्टी
काठमाडौं, २१ बैसाख –
नयाँ शक्ति नेपाल पार्टी र मधेशी जनअधिकार फाेरमबीच एकता हुने निश्चित भएकाे छ ।

नयाँ शक्तिका संयाेजक डा. बाबुराम भट्टराई र फाेरम अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताकाे विषयमा सहमति बनेकाे अाज एक विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दुई पार्टीबीच बैसाख २३ गते एकताकाे अाैपचारिक घाेषणा गरिने बताइएको छ । राजधानीकाे प्रज्ञा भवनमा अायाेजना गरिने कार्यक्रममा एकता घाेषणा गरिने बताईएकाे छ ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको छ भने संघिय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुख्य लक्ष उक्त पार्टीको रहने बताइएको छ ।
