एनसेललाई कर नबुझाउन अादेश दिने न्यायाधीश काे ?
काठमाण्डु, १२ बैशाख –
एनसेल लाभकरका विषयमा सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको हो । ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।
यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम बुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र बुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नु पर्ने जनाएको थियो ।
