
बिहानै भुकम्पकाे ठूलाे झट्का, काठमाडौंमा भागाभाग
काठमाडौं, ११ बैसाख –
महाविनाशकारी भुकम्प अाएकाे ४ वर्ष पुग्दै गर्दा अाज विहानै भुकम्पकाे ठूलाे धक्का अाएपछि काठमाडाैंबासीकाे भागाभाग भएको छ ।

बिहान ६ बजेर ३१ मिनेट जाँदा भुकम्पकाे ठूलाे धक्का अाएकाे थियाे । भुकम्पकाे धक्का मनाङदेखी काभ्रे सम्म र रसुवादेखी मकवानपुरसम्म महशुश भएको कारण काठमाडौं अासपास नै भुकम्पकाे केन्द्र हुन सक्ने देखिन्छ ।
