
नेकपाकाे ७७ जिल्लाकाे नेतृत्व टुंगो, घाेषणा भाेली
काठमाडौं, ८ बैसाख ।
सत्तारूढ नेकपाले ७७ जिल्लाकाे नेतृत्व टुंगाे लगाएको छ । अाज साँझ बालुवाटारमा बसेकाे सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवकाे नामावली टुंगो लगाएकाे हाे ।

तर साे काे घाेषणा भने भाेली पार्टी स्थापना दिवसको कार्यक्रममा मात्रै सार्वजनिक गरिने प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।
लामाे समयदेखि कायम रहेकाे अन्याैलतालाई चिर्दै अाज बसेकाे सचिवालय बैठकबाट नेतृत्व चयन गरिएको हाे । यश अघि निर्माण गरिएका एकीकरण कार्यदलले टुंगाे लगाउन नसकेपछि अध्यक्षद्वय केपी अाेली र प्रचण्डलाई जिम्मेवारी दिईएकाे थियाे ।
