सन्दिपले लिए एक अाेभरमा दुई विकेट
काठमाडौं, ८ बैसाख-
इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्।

किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट झारेका हुन्। उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिश गेल र अन्तिम बलमा साम कुरानलाई आउट गरेका हुन्।
यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले केएल राहुललाई आउट गरेका थिए। ४ ओभर खेलेका सन्दीपले ४० रन खर्चिएर पन्जाबका ३ विकेट लिए।
