
विवाहमा २१ विषालु सर्प दाईजाे दिनुपर्ने
काठमाडौं, ७ वैशाख । विवाहमा लाखाैं नगद र गरगहना दाईजाे दिएकाे र नदिए विवाह समेत राेकीएका समाचार त पढेकाे वा सुनेकाे नै हाे तर यहाँ यस्तो अनाैठाे समाचार पस्कँदैछाैं ।

छोरीको विवाह गरेर दाइजोको रुपमा सर्प दिइन्छ भन्दा अचम्म लाग्छ तर यो सत्य हो ।
भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु दिनु त सामान्य रुपमा हामीले सुनेका छौँ ।
तर, सपेरिया समुदायमा अनौठो दाइजो दिन चलन छ । यहाँ दाइजोका रुपमा २१ विषालु सर्प दिइन्छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् ।
यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । – नागरिक दैनिक ।
