
रूँदै जहाज.. (गजल)
रुँदै जहाज् चढेको हुँ देश् नछोडी परिवार चलेन।
मलाई नबेचि म्यान्पावरको पनि त व्यापार चलेन।
रित्तो हात् काम् गर्छु भनेर मात्र पनि के गर्नु,
धितो राख्न बैंकमा यो गरिब्को अनुहार चलेन।
हुरि माझ दियो जल्न कति मुस्किल् हुन्छ यहाँ,
कालो जोगाउनु थियो र उज्यालो बिचार चलेन
नसोध प्रस्न खुशिको कारण् तिमी चाहिन्छ मेरो ,
कैयौं राजाको पनि त रानी बिना दर्बार चलेन।
बुझ्छ मुर्खले पनि जिवनको सार् उमेर ढल्के पछि,
ज्ञानिको हात्मा पुगे पछि धारिलो तर्बार चलेन।
#हरिशरण #डोटेल
